२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

गगन थापालाई थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पुँजीवादको विरोध गर्दा १० लाख धरौटी माग्ने न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको विरोध गर्दा विद्यार्थीहरूसँग त्यति धेरै धरौटी मागेकाले त्यस्तालाई घरबाटै थुतेर कुट्नुपर्ने बताएका हुन् ।

उनले एमसीसी प्रकरणमा काँग्रेस नेता गगन थापाले अमेरिकी सेना नआउने भनेर गरेको भाषणको विरोध गर्दै उनले अहिले उनैलाई अप्ठेरो परेको टिप्पणी गरे । ‘हामीले गाह्रो पारेको होइन गगन थापालाई, हामी त टाउको फुटुञ्जेल लड्यौँ । हातखुट्टा भाचुन्जेल लड्यौँ । हाम्रा साथीहरु जेल पर्नुभयो’,

उनले त्यसक्रममा पक्राउ परेकाहरूसँग धेरै रकम धरौटी मागेर दलालहरु मिलेको बताए । ‘धरौटी पनि कति माग्ने ? दश लाख माग्ने ? एउटा विद्यार्थीलाई १० लाख, ५ लाख, न्यायाधीश को हो यो ? घरघर गएर थुतेर कुट्नुपर्छ यिनलाई । एउटा पढिरहेको विद्यार्थीलाई १० लाख कहाँबाट ल्याएर तिर्ने ?’ विप्लवको प्रश्न छ ।

उनले दलालहरु क्रान्तिकारीहरुका विरुद्ध लडिरहेको भन्दै गगन थापाले अमेरिका नांगो ढंगले आउँदैन भनेर आफुलाई चार पाटा मुडेर खेद्नु भनेको भन्दै अहिले उनलाई अमेरिकाले धोती न टोपी बनाइदिएको बताए । ‘

अहिले अमेरिकाले गगनलाई धोती न टोपी बनाइदिएको छ । उनलाई त थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो नि अहिलेसम्म १’ विप्लवको भनाइ छ । उनले अमेरिकाको जनरल आएर नेपालमा क्याम्प खोल्ने हो खोल्न पाउनुपर्छ भनेको भन्दै एमसीसी आइसकेको बताए । त्यस्तै उनले प्रचण्डको व्याख्यात्मक टिप्पणीको पनि धोती लगाइदिएको बताए

महासचिव विप्लवले नेपालमा अमेरिकीहरुलाई परास्त गर्न काँग्रेस एमाले र माओवादीले नसक्ने भन्दै क्रान्तिकारी श्रमिक जनता र आफ्नो पार्टी भएको र नेतृत्व गर्ने दावी गरे । उनले देशको पक्षमा उभिने ठुलो कुरा भएको भन्दै त्यसका लागि मारिन समेत पछि नपर्ने बताए ।

उनले नेपाली जनताले आफ्नो पार्टीलाई साथ समेत दिने बताए । ‘हामीसँग अर्को पार्टीका कार्यकर्ता पनि न्याय माग्न आएका छन्’, विप्लवको भनाइ छ । उनले अछामको एक जनाले न्याय नपाए विप्लवको पार्टीमा जानुपर्छ भनेर भनेको भन्दै जता गएपनि आफ्नै पार्टी खोजी गर्ने गरेको बताए ।

२०७९ असार २२, बुधबार प्रकाशित 0 Minutes 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार