२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

फेसबुकमा मलाई गाली गलौज गर्ने बिरुद्ध मुद्दा हाल्छु- हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि गाली गलौज गर्नेविरूद्ध पक्राउ पूर्जी जारी गरी मुद्दा चलाउने चेतावनी दिएका छन् ।

पछिल्लो समय आफू विरूद्द सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्नेको संख्या बढेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

बिहीबार विहान एक फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘फेसबुकमा गाली गलौज गर्ने जतीलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

उनले अर्को पोस्टमा लेखेका छन्, ‘विरोध गर्न लोकतन्त्रमा पाइन्छ ! तर्क सहितको विरोध र बहसलाई मैले सदैव धन्यवाद दिँदै आएकैछु, तर तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्ने छुट कसैलाई छैन ! पत्ता लगाएर जेल हाल्न नपरोस !’

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार