२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

ब्याट्री फेर्नै २६ लाख लाग्ने भएपछि फिनले ३० केजी बारुदमा यसरी उडाइदिए टेस्लाको कार ( भिडियो )

काठमाडौं । ब्याट्री फेर्न २२ हजार अमेरिकी डलर अर्थात् करिब २६ लाख ४० हजार रुपैयाँ खर्च हुने भएपछि फिनल्यान्डका एकजना टेस्ला मोडेल एस धनीले कारलाई नै बारुदले उडाइदिएका छन् । इलेक्ट्रिक कार अथवा टेस्लाका सवारीको ब्याट्री परिवर्तन गर्न वास्तवमै कति खर्च लाग्छ भन्ने स्पस्ट जानकारी त छैन ।

किन भने अधिकांश टेस्ला कारको ब्याट्री वारेन्टी अवधिभित्रै परिवर्तन गरिएका छन् । कम्पनीले मोडेल एस र मोडेल एक्सका लागि आठ वर्षको माइलेज वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

सन् २०१२ मा मोडेल एसको उत्पादन सुरु भएको थियो र २०१४ मा त्यति धेरै युनिट उत्पादन समेत भएका थिएनन् । पछिल्ला वर्षहरूमा मात्रै पावरट्रेन वारेन्टीका साथ टेस्लाका सवारी आउन थालेका हुन् ।

ब्याट्री प्याक रिप्लेसमेन्टका लागि २० हजार देखि ३० हजार अमेरिकी डलर खर्च हुने बताइन्छ । यो निकै धेरै रकम हो । तर खुशीको खबर के छ भने टेस्लाको ब्याट्री प्याक लामो समयसम्म टिकाउ हुने गर्छन् ।

यदि ब्याट्री चाँडो सकिने समस्या छैन भने पनि ब्याट्री प्याक कहिलेकाहीँ असफल हुने गरेको छ । जसले गर्दा चाँडै ब्याट्री प्याक रिप्लेस गर्नु परेको खन्डमा निकै महँगो हुने गर्छ ।

हालै मात्र टेस्लाले एक जना मोडेल एस धनीलाई ब्याट्री रिप्लेसमेन्टका लागि २२ हजार ५०० डलर लाख्ने बताएको थियो । करिब कारको मूल्य बराबर नै ब्याट्री रिप्लेसमेन्टमा लाग्ने भएपछि त्यसको कुनै अर्थ हुने देखिँदैन ।

यद्यपि ती व्यक्तिले थर्डपार्टी रिपेयर पसलबाट ब्याट्री प्याक समाधान गराएका थिए । त्यसैले ब्याट्री प्याक परिवर्तनको विषय टेस्ला कार धनीहरूबीच विवादको विषय बन्दै आएको छ ।

अहिले फिनल्यान्डबाट करिब त्यस्तै दृष्टान्त दोहोरिएको छ । टुमस काटेइन २०१३ टेस्ला मोडेल एसका धनी हुन् । उनको ब्याट्री प्याकको वारेन्टी समाप्त भइसकेको थियो । त्यसको रिप्लेसमेन्टका लागि टेस्लाले उनीसँग २२ हजार अमेरिकी डलर लाग्ने बताएको थियो ।

काटेइनले त्यति धेरै खर्च गरेर २०१३ मोडेल एसको ब्याट्री प्याक परिवर्तन गर्नुमा कुनै औचित्य देखेनन् । न त उनले त्यसको समाधानका लागि कुनै थर्डपार्टी पसल नै फेला पार्न सके । वास्तवमा यस्तो अवस्थामा के नै विकल्प हुन्छ र ?

तपाईंले प्रयोग भइसकेका ब्याट्रीप्याक खोज्नुहोला । अथवा काम नलाग्ने अवस्थाको कारको रुपमा त्यसलाई बिक्री गर्न सक्नुहोला वा भनौँ कुनै पाटपुर्जाका लागि त्यसलाई बिक्री गर्नुहोला । तर काटेइनले फरक तरिका अपनाए ।

उनी एक जना युट्युवर कहाँ पुगे । जुन च्यानल प्रज्वलनशील तथा बिस्फोटक वस्तुका लागि चिनिन्छ । त्यसपछि ३० केजी बारुद जम्मा पारेर विद्युतीय गाडीलाई नै बिस्फोट गराइदिए ।

एकदमै महँगो ब्याट्री रिप्लेसमेन्टका लागि यो एउटा उपाय जस्तो सुनिन्छ । तर उनीहरूले बिस्फोट गराउनु अघि ब्याट्रीबाट काम नलाग्ने भइसकेको ब्याट्री प्याक र इलेक्ट्रिक मोटर महँगा पाटपुर्जा झिकिसकेका थिए ।

२०७८ पुष ११, आईतवार प्रकाशित 0 Minutes 919 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार