२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

भूपू गोर्खालाई समान होइन, भारतले भन्दा १४० प्रतिशत बढी पेन्सन दिन्छौं : बेलायत

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सै`निकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सै`निक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिब`द्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।

२१ वर्ष पछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूत पूर्व गोर्खा सै`निकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आ`न्दो`लनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।

परराष्ट्रलाई पठायो जानकारी : बेलायती रक्षा मन्त्रालयले लन्डनस्थित नेपाली दूतावासमार्फत् परराष्ट्र मन्त्रालयमा यससम्बन्धी जानकारी पठाएको छ । मन्त्रायका एक अधिकारीले बेलायतको उक्त निणर्यबारे जानकारी आएको बताए । ‘बेलायतले सार्वजनिक गरेको विवरण प्राप्त भएको छ । यसबारे अध्ययन गर्दैछौं’ उनले भने ।

ती अधिकारीका अनुसार नेपाल सरकारको आधिकारिक धारणा बेलायती सेनामा काम गरेका पूर्व बेलायती नागरिक सरह नै पेन्सन पाउनु पर्छ भन्ने नै हो । बेलायती रक्षा मन्त्रालयले सन् २०२० मा भूतपूर्व गोर्खाहरु सँग पेन्सन लगायत विषयमा राय मागेको थियो ।

सातौं केन्द्रीय पेन्सन योजना कार्यान्वयन गर्ने उद्देश्यले सुझाव मागिएको थियो । सन् २०२० डिसेम्बर पछि बेलायती रक्षा मन्त्रालयले १२ हप्ता सम्म राय सुझाव लिएको थियो । जसमा २९ सुझाव पेस भएका थिए । बेलायती रक्षा मन्त्रालयलाई दिइएका सबैजसो सुझावमा भारतीय सेनामा काम गरेका गोर्खा सै`निकले पाउने गरेको पेन्सन भन्दा २०० प्रतिशत बढी बेलायती सेनामा काम गरेका गोर्खा सै`निक लाई दिन उचित हुने सुझाइएको थियो ।

लन्डनमा रहेका भूपू गोर्खा सै`निकका संगठनले चाहिँ राय परामर्श कार्यक्रम बेवा`स्ता गरे । बेलायती रक्षा मन्त्रालयले अनलाइन बैठक, इमेल तथा हुलाक बाट राय लिएको थियो । बेलायती रक्षा मन्त्रालयले एक वर्षअघि आएका राय सुझावमा आफ्नो असहमति रहेको बताएको छ । उसले आफूले अघि सारेको प्र`स्ताव (भारतीय सेनाका भूतपूर्व गोर्खा सै`निकले पाउने भन्दा १४० प्रतिशत बढी पेन्सन दिने) नै ठिक रहेको बताएको हो । ताजा न्युज अप्डेट बाट

२०७८ मंसिर २७, सोमबार प्रकाशित 0 Minutes 569 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार