२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

जुम्लामा जडिबूटी टिप्न गएका २ जनाको मृत्यु / हिउँमा फसेका ३४ जनाको अझै उद्धार हुन सकेन

काठमाडौं । जुम्लाको पाटनमा जडीबुटी टिप्न गएका २ जनाको चिसोका कारण मृत्यु भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिकाका ४६ वर्षीय मुन रावत र ३७ वर्षीया देवी शाहीको मृत्यु भएको हो । जडिबूटी टिप्न गएका ३४ जना पाटनमै हिउँमा फसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुई साता अघि सेतक नामको जडीबुटी टिप्न गएका उनीहरु हिउँमा फसेका हुन् । पाटनस्थित तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा उनीहरु फसेको जनाइएको छ ।

जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाए पनि अवतरण गर्ने ठाउँ नभएपछि खानेकुरा खसालेर फर्किएको छ । हिउँमा फसेकाहरूको उद्धारका लागि अझै २-३ दिन कुर्नुपर्ने प्रहरीले जनाएको छ ।

स्थानीयहरु फसेको स्थानमा ४ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ ।

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार