२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

राजेन्द्र लिङ्देनको प्रस्ताव : राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै चुन्ने प्रधानमन्त्री

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र प्रमुखको रूपमा राजसंस्था हुनुपर्ने बताएका छन् । उनले जनताबाट सोझै निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने पनि बताए । काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पूर्ण समानुपातिक संसद् र सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जानुपर्ने जस्ता प्रस्ताव पनि अघि सारे ।

‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने। केही दिनअघि मात्रै लिङ्देन राप्रपाको अध्यक्ष निर्वाचित भएका थिए ।

ओलीले भाषण जारी रहँदा मञ्चबाट हिँडे नेपाल र प्रचण्ड.एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् ।

ओलीसँग प्रचण्ड र माधव नेपालको राम्राे सम्बन्ध रहेकेा छैन भने उनीहरु लामाे समयपछि एकै मञ्चमा काँग्रेसको महाधिवेशनका क्रममा देखिएका थिए ।

ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए ।

ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।

२०७८ मंसिर २५, शनिबार प्रकाशित 0 Minutes 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार