२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

यात्रुहरूले बुद्ध एअरको युफोर-८१० जहाज चढ्न मानेनन्

जब यात्रुहरूले बुद्ध एअरको युफोर-८१० जहाज नचढ्ने अडान राखे।

भैरहवाबाट काठमाडौं उडान भर्न लागेको बुद्ध एअरको युफोर-८१० जहाज चढ्न नमानेपछि यात्रुहरू बुधबार भैरहवा विमानस्थलमै रोकिएका छन्।

ती यात्रुले बुधबार बेलुकी ९ः०५ बजेको उक्त उडानमार्फत् काठमाडौं आउन अस्वीकार गरेका थिए। जहाजमा खराबी छ भन्ने सुनेपछि आफूहरू चढ्न नमानेको एक यात्रुले बताए।

काठमाडौंबाट आएकाहरूले आज त धन्न बाँचियो, यो जहाज कस्तो डरलाग्दो भनेर भन्नुभयो। उहाँहरूले यसमा नजानुस्, अर्कै गरी हल्लाउँदै ल्याएको छ, आवाज पनि कस्तो कस्तो सुनिएको छ भनेर भनेपछि हामीले अर्को जहाज भए मात्र जान्छौं, यसमा त चढ्दैनौं भनेर भन्यौं,’ उनलेभने।

सबै यात्रुले एक स्वरमा आवाज उठाएपछि ‘इन्जिनमा समस्या देखिएको’ भन्दै काठमाडौंबाट अर्को जहाज पठाउन बुद्ध एअर राजी भएको उनले बताए। ‘हामीले नभनेको भए त्यही जहाजमा राखेर पठाउने रहेछ,’ उनले भने।

बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णसँग यसबारे सोध्दा उनले सेतोपाटीसँग भने, ‘जहाजमा प्राविधिक समस्या आएको भन्ने बुझेपछि हामी काठमाडौंबाट अर्को जहाज पठाउँदै छौं।’

२०७८ मंसिर २३, बिहीबार प्रकाशित 1 Minute 941 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार