२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

१५ पुस, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘थप अनुसन्धानका लागि म्याद थप गरिएपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढ्ने प्रहरीले बताएका छन् ।

थप समाचार ,,,भीम रावलको प्रश्न- भारतले लिपुलेक र कालापानीलाई नक्सामा राख्दा सरकार किन मौन ?

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालीको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन भन्दै प्रश्न गरेका हुन् ।

उनले गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भए पनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो ।’

२०७८ पुष १५, बिहीबार प्रकाशित 1 Minute 969 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार