२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

९१ वर्षीय कार्कीले दिइन् कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

२५ मंसिर, काठमाडौं । वीरगञ्जकी उपमेयर शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।

९१ वर्षीय कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको उपमेयर कार्कीको बताइन् ।वीपीबाट प्रभावित भएर काङ्ग्रेसमा सक्रिय भएको उनको भनाइ छ ।

आर्थिक संकटमा पाकिस्तान, पाकिस्तानी रुपैयाँ १ डलर बराबर १७८ नजिक !एजेन्सी । पछिल्लो समय पाकिस्तानको रुपैयाँ डलरको तुलनामा रेकर्ड स्तरमा निकै कमजोर बनेको छ । शुक्रबार (हिजो) मात्रै पाकिस्तानी रुपैयाँ ०.०६ प्रतिशत घटेर १७७.७१ प्रति डलर पुगेको छ ।

डलरको बढ्दो माग र पर्याप्त आपूर्तिको कमीका कारण पाकिस्तानी रुपैयाँ रेकर्ड तल्लोस्तरलाई पनि पार गरिसकेको छ । पछिल्लो सात महिनादेखि पाकिस्तानी रुपैयाँ लगातार कमजोर बनिरहेको छ ।

मे १४ मा पछिल्लो २२ महिनाकै सबैभन्दा कम १५२.२७ रुपैयाँ प्रति डलर पुगेको थियो । हालसम्म यसमा १६.७ प्रतिशत अर्थात् २५.४४ रुपैयाँ गिरावट आइसकेको बताइएको छ ।

त्यस्तै पाकिस्तानको केन्द्रीय बैंकका अनुसार १ जुलाई २०२१ देखि सुरु भएको वित्तीय वर्षमा पाकिस्तानी रुपैयाँ १२.८० प्रतिशत अर्थात् २०.१७ रुपैयाँसम्म घटेको छ । साथै २०२२ को अन्त्यसम्म पाकिस्तानको रुपैयाँ डलरको तुलनामा १८०–१८५ रुपैयाँसम्म घट्ने टपलाइन सेक्युरिटीजले गरेको एक सर्वेक्षनले देखाएको छ ।

केही समय अगाडि मात्रै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएको र कर्जा बढिरहेको बताएका थिए, भने गत शनिबार मात्रै साउदी अरबले पाकिस्तानलाई तीन अर्ब डलरको कर्जा दिएको थियो ।

२०७८ मंसिर २५, शनिबार प्रकाशित 0 Minutes 300 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार