२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

एमालेनिकट युवा संघका जिल्ला सदस्यको कुटपिट गरी ह’त्या

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला नजिकै युवकको ह’त्या भएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटार घर भएका ३३ वर्षीय राज श्रेष्ठको ह’त्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोकबहादुर जिसीले बताए ।

गएराती ९ बजेर ५२ मिनेटमा बालकोट बंगलामुखीबाट हनुमन्ते खोलातर्फको फलामे पुल नजिकै श्रेष्ठ ग’म्भिर घा’इ’ते अवस्थामा भेटिएका थिए । मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा उनको मृ’त्यु भयो । ह’त्या आ’रो’पमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प’क्रा’उ पर्नेमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम विक छन् ।

हेमन्त श्रेष्ठले राजनसँग पैसा सापटी लिएका थिए । सो पैसा माग्न थालेपछि अर्को एकजना युवकलाई प्रयोग गरेर राती हनुमन्ते खोला किनारमा बोलाएर पछाडिबाट चिपर्टले हिर्काएर ह’त्या गरेको प्रहरीको प्रारम्भिक अ’नु’स’न्धा’न’बाट थाहा भएको छ । पक्राउ परेका दुईजनालाई महानगरीय प्रहरी वृत्त ठिमीले अ’नु’सन्धान गरिरहेको छ । मृतक युवा संघ भक्तपुर जिल्ला समिति सदस्य हुन् ।

२०७८ मंसिर २२, बुधबार प्रकाशित 1 Minute 790 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार