२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

उषाकुमारीले हानेको कुर्सीले अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारीले हानेको कुर्सीले अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो

गहुँको बिउ वितरणको विषयमा विवाद बढ्दै जाँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा उपाध्यक्ष मण्डलले कुर्सीले हान्दा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ ।

छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष दीपेन्द्रकुमार यादवले सामान्य विषयमा विवाद बढ्दै जाँदा यस्तो घटना भएको बताए । उनका अनुसार मंगलबार दिउँसो ३ बजे कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका वेला विवाद भएको हो । ‘म पनि कार्यपालिका बैठकमा सहभागी थिएँ,

सामान्य छलफल भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच हात हालाहाल भयो । अध्यक्षको दुईवटा दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ ।’उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै वेला अध्यक्ष सूर्यनारायण मण्डलले नजिक

आएर अपशब्द प्रयोग गरेपछि कुर्सीले प्रहार गरेको स्वीकार गरिन् । ‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरेँ र सोही क्रममा मैले कुर्सी उठाएर हानेकी हुँ,’ उनले भनिन् । घटनाबारे बुझ्न खोज्दा अध्यक्ष मण्डलको फोन उठेन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुटाकुटको घटनाबारे सुने पनि आधिकारिक रूपमा जानकारीमा नआएको बताए । ‘घटनापछि उहाँहरू आ–आफ्नो घर हिँडेको सुनियोे । उहाँहरूले घटनाबारे प्रहरीमा जानकारी गराउनुभएको छैन,’ उनले भने ।

अध्यक्ष र उपाध्यक्षबीच विगतमा बजेट वितरणलाई लिएर पनि सार्वजनिक रूपमै विवाद हुँदै आएको छ । स्थानीय विनोद यादवले अध्यक्ष र उपाध्यक्षबीच विगतमा भनाभन र विवादका घटना भइरहेको बताए । उनका अनुसार छिन्नमस्ता गाउँपालिकामा पछिल्लो दुई आर्थिक वर्षदेखि गाउँसभा हुन सकेको छैन ।

जसकारण विकास निर्माणका काम पनि पूर्ण रूपमा ठप्प छ । कर्मचारीले समेत महिनौँदेखि तलब पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको यादवले बताए । गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए

भने उपाध्यक्ष मण्डलले तत्काली राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् । तर, उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष मण्डल जसपामा छन् भने उपाध्यक्ष उषाकुमारी लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।

२०७८ मंसिर २२, बुधबार प्रकाशित 0 Minutes 1570 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार