२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

बिवाहमा बाजा बजाउन गएका रामबहादुरको मृत्यु, खोलामा भेटियो शव

काठमाडौ । विवाहमा वाजा बजाउन गएका एक जनाको मृत्यु भएको छ । साने भनेर चिनिने रामेछापका रामबहादुर दमाईको मृत्यु भएको हो ।

उनी बिजुलीकोटको साविकको वडा नं ९ स्थित चोप्राङ खोलामा मृ त भेटिएका हुन् । इलाका प्रहरी कार्यालय धोवी खोलाका प्रहरी निरीक्षक सोनु कुमारले घटना पुष्टि गर्दै प्रहरी घटनास्थलमा पुगेको जानकारी दिएका छन् ।

‘उहाँ मृत फेला पर्नुभयो । उहाँलाई माथि निकाल्ने काम भइरहेको छ । घटनाको सत्यतथ्य छानबिन हामी गर्छौं,’ कुमारले भने । रामबहादुर लिखु गाउँपालिका ४ को जेति भन्ने ठाउँका ७१ वर्षे साने बिहेमा बाजा बजाउन भनेर सात दिनअघि घरबाट निस्केका थिए ।

परिवारका अनुसार राम बहादुरलाई स्थानीय तिलक दर्जीले बिहेमा बाजा बजाउन लिएर गएका थिए । त्यसपछि बेपत्ता बनेका उनी आज मृखत फेला परेका हुन् । राम बहादुरका परिवारले गएको १४ गते नै प्रहरीमा उजुरी गरेका थिए । ताजा खबर बाट

२०७८ मंसिर २१, मंगलवार प्रकाशित 0 Minutes 305 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार