२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

खोप लगाएकी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

बागमती। कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

त्यस्तै, प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण संक्रमण फैलनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिले आवश्यक तयारी सुरु गर्न निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

घर्तीका अनुसार जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्‍याउन मन्त्रालयलाई निर्देशन दिएको बताइन् ।

२०७८ मंसिर २१, मंगलवार प्रकाशित 0 Minutes 447 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार