२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

बिग्रेको मोबाइल बनाएरै बिदेशमा भएका श्रीमानलाई पनि फर्काईन्(भिडियो हेर्नुहोस्)

सामाजिक संजाल टिकटक बाट अहिले थुप्रैले आफुलाई चिनाएका छन । कसैले आफ्नो सीप देखाउने गर्छन त कतिपयले आफ्नो कला प्रस्तुत गर्ने गर्छन टिकटकमा ।

अहिले यस्तै एक महिला छिन जो पेशाले टेक्निसियन हुन । महिलाहरु एकदमै कम देखिने यो पेशमा उनी एक उदाहरणीय महिला पनि हुन । उनको टिकटकमा मोबाइल तथा कम्प्युटरको बारेमा जानकारी दिएको हामी देख्छौ । उनी बिग्रेका मोबाइल तथा कम्प्युटर बनाउने काम गर्दै आएकी छिन ।

धादिङ जिलाको गजुरी गाउँपालिका १ को गजुरी भन्ने ठाउँमा सगरमाथा मोबाइल एण्ड कम्प्युटर मर्मत सेन्टर चलाउदै आएकी सर्मिला बस्नेसगँ पत्रकार सुजल जिएम ले कुराकानी गरेका छन । सर्मिलाले आफू यस क्षेत्रमा लागेको ८/९ वर्ष भै सकेको बताउँछिन । सुरुवातमा आफू यस काम सिक्न जादाँ पनि अचम्म मान्ने गरेको उनी बताउँछिन । अहिले पनि त्यो जारी रहेको उनी बताउँछिन । ग्राहकहरुले उहाले बनाउनु हुन्छ र ? भन्दै श्रीमानलाई तपाईं आफै बनाइदिनुस भन्ने गरेको उनी बताउँछिन ।

आफुलाई यस क्षेत्रमा सानै देखि इच्चा भएकोले पनि अहिले यहाँसम्म आएको उनी बताउँछिन । आफू पहिले यस क्षेत्रमा जादाँ तिमी त भर्खर बिबाह गर्ने उमेरकी छौ केही वर्षमा बिबाह हुन्छ । यो काम भन्दा बरु घरकै काम गर्न सिक भन्दै गिज्याउने गरेको पनि उनी बताउँछिन । तर आफुलाई भने अरुकोमा काम गर्नु भन्दा पनि आफ्नै बिजनेस गर्ने सपना रहेको र त्यही सपनाले अहिले यहाँसम्म ल्याएको उनी बताउँछिन । अहिले भने कमाई पनि राम्रै भएको उनी बताउँछिन

तर यहाँसम्म आइपुग्न थुप्रै संघर्ष गरेको उनी बताउँछिन । आफू पहिले पढ्दै गर्दा कम्प्युटर सिकेर एक साइबरमा काम गर्दै जादाँ कम्प्युटर बिग्रेको बेला अरु नै बनाउने मान्छे बोलाएको देखेर आफैले यो बनाउन पाए हुन्थ्यो भन्ने मनमा आएर आफू त्यहा छोडेर कम्प्युटर सिक्न हिडेको उनी बताउँछिन । कम्प्युटर सिक्दै गर्दा मोबाइल पनि आउन थाले पछि त्यो पनि सिकेको उनी बताउँछिन ।   आफैले सिकेर केही गर्ने सोचले नै आफुले अरुको जति नै काम गरेता पनि त्यो आफू सिक्नको लागि मात्र गरेको उनी बताउँछिन ।

बिबाह गरे पश्चात् आफुले सहकारीबाट ऋण लिएर आफैले मोबाइल कम्प्युटर मर्मत सेन्टर खोलेको उनी बताउँछिन । तर सुरु सुरुमा खासै ग्राहक नहुने नया भएको कारण कमाई नभए पछि श्रीमान बिदेश गएको उनि बताउँछिन । आफुलाइ यहि केही गरौ भन्ने सोचले भर्खर खोले पनि कमाई खासै नदेखेर श्रीमान त्यो बेला करिव तीन लाख खर्च गरेर बिदेश गएको उनी बताउँछिन । तर पछि मेनपावरले ठगे पछि उहालाई नेपाल ल्याउन पनि आफुले खर्च गर्नु परेको उनी बताउँछिन । (भिडियो हेर्नुस)

२०७८ मंसिर २१, मंगलवार प्रकाशित 0 Minutes 493 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार